Share on:

उपाधिमा युभेन्ट्सको दावेदारी
December 28th, 2025

युभेन्ट्सले इटालीको सिरी ए मा शनिबार संघर्ष गर्दै पुछारतिरको पिसालाई २–० ले पराजित गरेको छ र यस जितपछि आफूलाई उपाधिको बलियो दावेदारका रूपमा उभ्याएको छ ।


पहिलो हाफको संघर्षपछि युभेन्ट्सले दुवै दोस्रो हाफको अन्त्यतिर गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल थपे ।


युभेन्ट्सको ३२ अंक भएको छ र यो पहिलोमा रहेको इन्टर मिलानसँग एकै अंकको दूरी हो । पिसा भने ११ अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा छ ।


अन्य खेलमा कोमोले लेचेलाई ३–० र कागलिरीले टुरिनोलाई २–१ ले हराएको छ । यस्तै युडिनेजी र लाजियोले भने १–१ को बराबरी खेलेका छन् ।


Swadesh Maharjan | December 28th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya