Share on:

लेन्सलाई पहिलो पटक फ्रेन्चकप
May 23rd, 2026

लेन्सले यो सिजन आफ्नो शानदार प्रदर्शनलाई कायम राख्दै शुक्रबार फ्रेन्चकपको उपाधि जितेको छ । उसले फाइनलमा निसलाई ३–१ ले हरायो । त्यसमा लेन्सका लागि फ्लोरिन थउभिनले एक गोल गरे र अर्को गोलमा अवसर पनि सिर्जना गरे ।


लेन्सले क्लब इतिहासमा फ्रेन्चकप जितेको यो नै पहिलो पटक हो । सन् १९९८ मा लेन्सले लिग वानको उपाधि जितेको थियो र यो नै एक मात्र ठूलो सफलता रहेको छ । त्यही वर्ष लेन्स फ्रेन्चकपको फाइनलमा भने पराजित भएको थियो ।


फ्रान्सेली लिग वानमा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई बलियो चुनौती दिएको लेन्स अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो र यससँगै अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा स्थान बनाउन सफल रहेको थियो ।


Swadesh Maharjan | May 23rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya