Share on:

भगवतीविरुद्ध मच्छिन्द्रको जित
February 6th, 2026

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा श्री भगवती क्लबविरुद्ध जित निकालेको छ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले २–० गोल अन्तरले हराएको हो। लिगमा भागवतीको यो चौथो हार हो। मच्छिन्द्रको भने पाँचौं जित हो। 


जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ६ खेल खेल्दै १६ अंक पुर्‍याएको छ। समान खेलबाट भगवतीको ४ अंक छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।


खेलको ५३औं मिनेटमा जोनाथनको फ्री किकमा प्रदीप बुढाथोकीले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। ५७औं मिनेटमा दिवाकर चौधरीको पासमा फ्रैंकले गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए।


Swadesh Maharjan | February 6th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya