
काठमाडौं। काभा वुमन्स भलिबल लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। माल्दिभ्सको मालेमा बिहिबार सम्पन्न समूह ‘बी’ को खेलमा नेपाल पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्यो।
नेपाल पुलिसले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ३०–२८ ले जित्दै राम्रो सुरुआत गर्यो। दोस्रो सेटमा भने पुलिस २१–२५ ले पछि पर्यो। त्यसपछि तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै पुलिसले खेल आफ्नो नाममा लेखायो।
यो जितसँगै पुलिसले पहिलो खेलमै ३ अंक जोड्न सफल भएको छ। हुमोले जारी प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]