म्यानचेस्टर युनाइटेड चौथो डिभिजनको क्लब ग्रिम्सबाईसँग पराजित हुँदै बुधबार लिगकपबाट बाहिरिएको छ । स्तब्धपूर्ण हारका क्रममा युनाइटेडले खेल टाइब्रेकरमा १२–११ ले गुमाएको हो ।
त्यस अगाडिको खेल २–२ को बराबरीमा रहेको थियो । चार्ल्स भेरनाम र टेरेल वारेनको गोलले लिग–टु क्लबले दुई गोलको अग्रता लिएको थियो । ब्रायन एमबेउमो र ह्यारी म्यागुएरले युनाइटेडका लागि गोल फर्काए ।
म्याथेस कुन्हा पेनाल्टी चुकेपछि एमबेउमोको प्रहार पनि पोस्टमा लागेको थियो र त्यससँगै ग्रिम्सबाईले सनसनीपूर्ण जित हात पारेको हो ।
यो हारले युनाइटेडसँगै प्रशिक्षक रुबेन एमोरिम दबाबमा आएको थियो । युनाइटेडले प्रिमियर लिगका सुरुआती दुई खेलमा पनि जित निकाल्न सकेको छैन् ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]