पहिलो सेट गुमाएको स्थितिबाट सम्हालिंदै नोभाक जोकोभिचले बिहीबार यूएस ओपनको तेस्रो चरणको यात्रा निश्चित गरेका छन् । उनले अमेरिकी क्वालिफायर जाचारे स्भाज्डालाई ६–७, ६–३, ६–३ र ६–१ ले हराएको हो ।
आर्थर ऐस स्टेडियममा जोकोभिच पहिले सेट गुमाएपछि दबाबमा देखिएका थिए । तर त्यसपछिका तीन सेटमा भने आरामदायी जित निकाल्न सफल रह्यो ।
सर्बियाका ३८ वर्षीय खेलाडी अहिले कीर्तिमान २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन्, तर उनको प्रदर्शन अब पहिलेको जस्तो रहन छाडेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]