Share on:

मोउरिन्होः बेनफिकाबाट फेरि बेनफिका
September 19th, 2025

बेनफिकाले बिहीबार जोसे मोउरिन्होलाई आफ्नो प्रशिक्षकमा नियुक्त गरेको छ । यससँगै मोउरिन्हो २१ वर्षपछि फुटबल प्रशिक्षकका रूपमा आफ्नो देश फर्केका छन् । उनले अन्तिम पटक पोर्चुगलमा पोर्टो सम्हालेका थिए । सन् २००४ मा चेल्सीको जिम्मेवारी सम्हाल्न उनले पोर्चुगल छाडेका थिए ।


पछिल्लो अगस्टमा टर्कीको फेनेबाचेले ६२ वर्षीय प्रशिक्षकलाई वर्खास्त गरेको थियो । फेनेबाचे च्याम्पियन्स लिग छनोटको प्ले–अफमा बेनफिकासँगै पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो । बेनफिकाले भने च्याम्पियन्स लिगमै अजरबैजानको कोराबागसँग हारेपछि भर्खरै आफ्ना प्रशिक्षक ब्रुनो लागोलाई वर्खास्त गरेको थियो ।

 

सन् २००० मा मोउरिन्होले बेनफिकाबाटै आफ्नो फुटबल प्रशिक्षकको जीवन सुरु गरेका थिए । त्यसयता उनले दुई अवसरमा चेल्सीसँगै इन्टर मिलान, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, टोटनहम, एएस रोमा जस्ता ठूला क्लब सम्हालेको अनुभव बटुले ।


Swadesh Maharjan | September 19th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya