काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई पराजित गरेको छ
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फा १०-२ ले विजयी भएको हो।
एन्फालाई जित दिलाउन महासचिव किरण राई र केन्द्रीय सदस्य टिका लामाले ह्याट्रिक पूरा गरे। केन्द्रीय सदस्य पंकज शाही, विनोद डंगोल, जयोज नरसिंह श्रेष्ठ र राजेश शाहीले समान एक गोल थपे। एनएसजेएफका अनिश श्रेष्ठ र कार्यसमिति सदस्य अभिनव जोशीले गोल फर्काए।
एन्फाको टोलीबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एन्फा एकेडेमी प्रमुख नवीन न्यौपानेलगायतका पदाधिकारी र पूर्व खेलाडीले खेलेका थिए।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]