Share on:

नेपोलीको लगातार चौथो जित
September 23rd, 2025

डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ‘ए’ मा सोमबार आफ्नो शतप्रतिशत प्रदर्शन कायम राखेको छ । उसले यसै सिजन बढुवा भएर माथि उक्लेको पिसामाथि ३–२ को जित हात पारेको हो ।


यससँगै नेपोलीको चार खेलबाट १२ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा छ । यो दोस्रो स्थानमा रहेको युभेन्ट्समाथि दुई अंकको दूरी हो ।


नेपोलीका लागि बिली गिलमोरले ३९, लियानार्डो स्पिनजोलाले ७३ र लोरेन्जो लुकाले ८२ औं मिनेटमा गोल गरे । पिसाका तर्फबाट एबाला एनजोलाले ६० र लोरेनले ९० औं मिनेटमा गोल फर्काए । पिसाको चार खेलबाट एक अंक मात्र छ र १९ औं स्थानमा छ ।


Swadesh Maharjan | September 23rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya