यो खेललाई फ्रान्सेली घरेलु फुटबलको सबैभन्दा ठूलो खेल मानिन्छ । त्यो भनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध मार्से । फ्रान्सेली लिग वानको सोमबार राति भएको त्यही खेलमा मार्सेले पीएसजीलाई १–० ले हरायो ।
त्यसमा मोरक्कोका डिफेन्डर नयेफ अग्वार्डले एक मात्र गोल गरे । दक्षिण फ्रान्समा हावाहुरीसहित ठूलो वर्षाको सम्भावनाबीच यो खेललाई एक दिन पछाडि सारिएको थियो ।
यो नतिजाले पीएसजी अंक तालिकाको शीर्षमा उक्लन असफल रह्यो र १२ अंकमा दोस्रो स्थानमा रह्यो । समान १२ अंकमा मोनाको पहिलो स्थानमा रह्यो । मार्से भने नौ अंकमा छैटौं स्थानमा छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]