
काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आज तीन खेल हुँदैछ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान १० बजेबाट सुरु हुने खेलमा चित्लाङ फुटबल क्लब र लालीगुराँस एसोसिएसनबीच हुनेछ। जारी लिगमा १२ खेलबाट आठ अंक रहेको चित्लाङ १५औं तथा समान खेलबाट २४ अंक रहेको लालीगुराँस चौथो स्थानमा छ। यदि चिल्लाङलाई पराजित गरेको खण्डमा लालीगुराँस केहि समयको लागि शीर्ष स्थामा उक्लनेछ।
दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ। यो खेल दशरथ रंगशालामा दिउँसो दुई बजेबाट सुरु हुनेछ।
पछिल्लो तीन खेलमा बराबरीमा रोकिएको सातदोबाटो ११ खेलबाट एक जित दर्ता गर्दै ९ अंकसहित १४औं स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको आर्मी पाँचौं स्थानमा छ।
यस्तै, दिनको अन्तिम खेलमा शीर्ष दौडमा रहेको एपीएफ र मच्छिन्द्र भिड्दै छन्। समान ११ खेलबाट २५ अंक रहेको मच्छिन्द्र शीर्ष स्थानमा रहँदा २५ अंक नै भएको एपीएफ तेस्रो स्थानमा छ। २५ अंक भएको चर्च ब्वाइज दोस्रो स्थानमा छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]