Share on:

महिला लिगमा आज दुई खेल हुँदै
March 19th, 2026

काठमाडौं। सहिद स्मारक महिला लिगमा आज बिहीबार दुई खेल हुँदैछन्।


ललितपुरको च्यासल रंगशालामा हुने पहिलो खेलमा बागमती युवा क्लबले आरएस पोखरासँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा नेपाल प्रहरी क्लबले चर्च ब्वाइज युनाइटेडसँग भिड्नेछ।


बिहान ११ बजे सुरु हुने खेलमा बागमती युवा क्लब र आरएस पोखरा आमनेसामने हुनेछन्। यस्तै, दिउँसो ३ बजेबाट सुरु हुने खेलमा नेपाल प्रहरी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।


बुधबारदेखि सुरु भएको लिगमा नौ टोलीको सहभागिता रहेको छ। उद्घाटन खेलमा संकटा फुटबल क्लबले न्युरोड टिमलाई तथा त्रिभुवन आर्मी क्लबले झापा फुटबल क्लबलाई पराजित गर्दै विजयी सुरुआत गरेका थिए।


Swadesh Maharjan | March 19th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya