Share on:

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल भारतसँग खेल्दै
August 20th, 2025

काठमाडौँ। साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ। 


थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ।


चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा हुँदैछ। भारतविरुद्ध खेलिरहँदा नेपाली टोली सुखद सुरुआतको लक्ष्यमा हुनेछ।


Swadesh Maharjan | August 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya