काठमाडौं। साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ।बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार साझं ६ः४५ बजेबाट सुरु हुनेछ।
नेपालले पहिले खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको थियो भने यता बंगलादेशले श्रीलंकालाई ९-१ गोललो पराजित गरेको थियो।
नेपाल र बंगलादेशबिच बिगतका खेल हेर्दा बंगलादेश नेपाल माथि हाबी भएको पाइन्छ। अघिल्लो संस्करणको साफ यु–२० महिला च्याम्पियनसिप २०२३ मा नेपाल बंगलादेशसंग फाइनलमा ३-० गोलले पराजित भएको थियो।
आज नेपाललाई बंगलादेशलाई पराजित गरेर बदला लिने मौका पाएको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]