Share on:

नौ खेलमा भयो ४३ गोल
October 22nd, 2025

युरोपेली च्याम्पियन्स लिगमा मंगलबार रातिको खेलका नतिजा गज्जब नै रहे । लगभग सबै खेलमा गोलको बाढी नै आएको देखियो । कुल नौ खेल भएकोमा गोलको संख्या रह्यो, ४३ । प्रतियोगिता तेस्रो चरण पुग्दा पेरिस सेन्ट जर्मेन (पीएसजी), इन्टर मिलान र आर्सनल तीन खेलबाट नौ अंक बटुलेर शतप्रतिशत सुरुआत लिन सफल रहे ।

  
डेसार डोउको दुई गोलको मदतले डिफेन्डिङ च्याम्पियन पीएसजीले बायर लेभरकुजनलाई ७–२ ले हरायो । पीएसजी आयनहोभनले इटालीको च्याम्पियन नेपोलीलाई ६–२ ले हरायो र त्यसमा डेनिस मानले दुई गोल गरे । यस्तै बार्सिलोनाले ओलम्पियाकोजलाई ६–१ ले हरायो । 


त्यसमा भने फेरमिन लोपेजको ह्याट्रिक गरे । मार्कस रसफोर्डले पनि दुई गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल एटलेटिको म्याड्रिडमाथि ४–० ले विजयी रह्यो । त्यसमा भिक्टोर ग्याकेरेसले दुई गोल गरे र आफ्नो गोलको खडेरीलाई अन्त्य गरे ।


इन्टर मिलान पनि युनियन सेन्ट गिलोसमाथि ४–० ले नै विजयी रह्यो भने बोरुसिया डर्टमुन्डले कोपेनहेगनलाई ४–२ले हरायो । यस्तै म्यानचेस्टर सिटीले भने भिल्लारियललाई २–० ले पन्छायो । अर्को प्रिमियर लिग क्लब न्युकासल युनाइटेडले बेनफिकालाई ३–० ले हरायो । आल्माटी र पाफोसाबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो । 

Swadesh Maharjan | October 22nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya