Share on:

दक्षिण अफ्रिकामाथि पाकिस्तानको दबाब
October 21st, 2025

पाकिस्तानले दोस्रो टेस्टको दोस्रो दिन मंगलबार दक्षिण अफ्रिकामाथि दबाब सिर्जना गरेको छ । रावलपिन्डीमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा एक सय ८५ रन बनाएको छ । 


दिनको खेल सकिंदा पाहुना टिम अझै एक सय ४८ रनले पछाडि छ । उसका लागि ट्रिस्टन स्टब्स ६८ रन बनाएर खेलिरहेका छन् । उनलाई क्रिजमा १० रन बनाएका केली भेरेयनले साथ दिइरहेका छन् । 


दक्षिण अफ्रिकाका लागि टोनी डे जोर्जीले पनि ५५ रनको अर्ध शतकीय इनिङ्स खेले । त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ३३ रन बनाएर अलआउट भएको थियो । 


स्पिनर केशव महाराजले सात विकेट लिएपछि पाकिस्तान ठूलो स्कोर बनाउन चुकेको थियो । घरेलु टिम दुई टेस्टको सिरिजमा १-० ले अगाडि छ।


Swadesh Maharjan | October 21st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya