Share on:

डाइच फरेस्टका नयाँ प्रशिक्षक
October 21st, 2025
इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टले मंगलबार आफ्नो प्रशिक्षकमा सान डाइच नियुक्त गरेको छ । यो सिजन फरेस्टका उनी तेस्रो प्रशिक्षक हुनेछन् ।

फरेस्ट र ५४ वर्षीय प्रशिक्षकबीच सन् २०२७ को मध्यसम्मका लागि अनुबन्ध भएको छ । यस अगाडि फरेस्टले नुनो स्पिरिटो सान्टु र एन्गे पोस्टेकोग्लुलाई वर्खास्त गरेको थियो । 

खराब सुरुआत गरेको फरेस्ट लिगमा आठ खेलबाट पाँच अंकमा १८ औं स्थानमा छ । अब डाइचको नेतृत्वमा फरेस्टले युरोप लिगमा पोर्टोको बिहीबार घरेलु मैदानमा सामना गर्नेछ । 

यस्तै प्रिमियर लिगमा आइतबार बर्नमाउथको भ्रमणमा निस्कनेछ । 

Swadesh Maharjan | October 21st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya