Share on:

पीएसजीको स्ट्रसबर्गसँग बराबरी
October 18th, 2025

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा स्ट्रसबर्गसँग रोमाञ्चक ३–३ को बराबरी खेलेको छ । उसले ३–१ ले पछाडि रहेको स्थितिबाट यो बराबरी निकालेको हो ।


यो जितपछि पीएसजी लिग तालिकाको शीर्ष स्थानमा रह्यो । स्ट्रसबर्गले खेलको पहिलो हाफमा तीन गोल गरेको थियो । पीएसजीका लागि भने गोन्जालो रामोस र सेनी मायुलुले दोस्रो हाफमा गोल फर्काए ।


पीएसजीको आठ खेलबाट १७ अंक भएको छ र यो दोस्रोमा रहेको स्ट्रसबर्गमाथि नै एक अंकको अग्रता हो । त्यस पछाडि एक एक खेल कम खेलेको मार्से र लियोन १५ अंकमा छन् । अब दुवैसामु जितसँगै पीएसजीलाई उछिन्ने अवसर हुनेछ ।


Swadesh Maharjan | October 18th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya