सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब शिर्ष चारमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
पुलिसलाई जिताउन दुवै गोल अन्जन राईले गर्दा फ्रेन्ड्सका लागी बिकास थापाले एक गोल गरे ।
यो नतिजासंगै पुलिस २२ खेलबाट ३१ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । उता पराजित फ्रेन्ड्स २२ खेलबाट २४ अंकसहित १३औं स्थानमा रहेको छ ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]