Share on:

पोर्चुगल र नर्वेले काट्यो विश्वकपको टिकट
November 17th, 2025

पोर्चुगल र नर्वेले सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप खेल्ने भएका छन् । उनीहरूले आइतबार विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेका छन् ।


पोर्चुगलले समूह ‘एफ’ को खेलमा आर्मेनियालाई ९–१ ले पराजित गर्‍यो । यससँगै पोर्चुगल समूह विजेता बन्यो । यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । अब पोर्चुगलले लगातार सातौं पल्ट विश्वकप खेल्नेछ ।



यो उपलब्धीमा खुसी मनाउन क्रिस्टियानो रोनाल्डो भने टिमसँग थिएनन् । उनी प्रतिबन्धबाट गुज्रिरहेका छन् । समूह ‘ई’ मा भने इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो ।


समूह विजेता भन्दै नर्वे सन् १९९८ यता पहिलो पटक विश्वकप पुगेको छ । हालान्डले यो छनोट यात्रामा एक्लैले १६ गोल गरे र लगभग एक्लैले आफ्नो देशलाई यो उपलब्धी चुमाए ।


Swadesh Maharjan | November 17th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya