
रियल म्याड्रिडले मंगलबार स्पेनी ला लिगामा एलाभेसलाई २–१ ले पराजित गरेको छ र लिग उपाधि जित्ने आफ्नो झिनो सम्भावना कायम राखेको छ । रियलका लागि केयलिन एमबापे र भिनिसियस जुनियरले एक एक गोल गरे ।
यो जितपछि रियलको ७३ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग छ अंकमा छोट्याउन सफल रह्यो । बार्सिलोनाले एक खेल पनि कम खेलेको छ । एलाभेस ३३ अंकमा १७ औं स्थानमा छ ।
अर्को खेलमा रियल बेटिसले जिरोनालाई ३–२ ले हराएको छ र यो जितपछि बेटिस ४९ अंकमा पाँचौं स्थानमा रह्यो । यससँगै उसले पनि अर्को सिजन युरोपमा खेल्ने सम्भावना बढेको छ । जिरोना ३८ अंकमा ११ औं स्थानमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]