Share on:

रेखा सम्मिलित आबुधाबीलाई युएई महिला लिगको उपाधि
June 15th, 2025

काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेलले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक लिगमै उपाधि हासिल गरेकी छन्।

उनीसम्मिलित आबुधाबी कन्ट्री क्लबले अपराजित रहँदै युएई महिला लिग जितेको हो। समग्रमा  आबुधाबी ११औंपल्ट लिग च्याम्पियन बनेको हो। 

आठ टोली सहभागी रहेको लिगमा आबुधाबीले आफ्नो सात वटै खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक बटुल्यो। एक खेल खेल्न बाँकी रहेको इम्पायरले १५ अंकका साथ दोस्रो स्थानमा छ।




Swadesh Maharjan | June 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya