Share on:

‘रिटायर्ड’ गरिएका जर्सि नम्बर
July 7th, 2025

डिएगो जोटाको निधनले पोर्चुगल र लिभरपुलका समर्थक अझै स्तब्ध छन् । गाडि दुर्घटनामा गत साता यी प्रतिशाली खेलाडीको निधन भएको थियो, आफ्नै भाइसँगै । लिभरपुलले पछिल्लो सिजन इंग्लिस प्रिमियर लिग उपाधि जित्दा जोटा त्यसका प्रमुख खेलाडी थिए । लिभरपुलका लागि खेल्ने क्रममा उनको जर्सि नम्बर थियो, २० । लिभरपुलले निर्णय गरेको छ, अब त्यो नम्बरको जर्सि अरू कोही खेलाडीले क्लबमा लगाएर खेल्ने छैनन् ।

त्यसका अर्थ लिरभपुलले २० नम्बर जर्सिलाई ‘रिटायर्ड’ दिएको छ । लिभरपुलका लागि यो अंक आफैमा विशेष छ, किनभने उसले गत सिजन जितेको लिग उपाधि क्लब इतिहासको २० औं थियो । क्लब समकर्थले अभियान जस्तै चलाएका थिए, यो नम्बरलाई अब दोहराएर अरू कसैलाई खेल्न दिन हुन्न भनेर । क्लबले त्यसलाई मानेको छ । लिभरपुलको इतिहासमा एउटा जर्सि नम्बरलाई यसरी नदोहराउन गरेको निर्णय पहिलो पटक हो ।

इतिहासमा अन्य क्लबमा पनि यस्तै उदाहरण छन त ? पक्कै छन् । तर धेरै छैनन् । जस्तो, बर्मिङघमले जुड बेलिङटमले क्लबका लागि खेल्दाको नम्बर २२ जर्सिलाई फेरि दोहराएको छैन् । यो सायद भावनात्मक निर्णय बढी थियो, किनभने उनले आफूलाई विश्वस्तरीय खेलाडी हो भनेर प्रमाणित गर्न बाँकी नै छ । अरू जतिको जर्सि नम्बर दोहराइएको छैन्, ती भने आफैमा महान हुन् । जस्तो, इटलीको नेपोलीले डिएगो म्याराडोनाको जर्सि नम्बर १० सन् २००० ‘रिटायर्ड’ गरेको 

थियो ।

म्याराडोनाकै नेतृत्वमा नेपोलीले पहिलो पटक सिरी ‘ए’ जितेको थियो । यस्तै वेस्ट ह्यामले बबी मुरको जर्सि नम्बर ६ सन् २००० मा ‘रिटायर्ड’ गरेको थियो । त्यति अवसर थियो, वेस्ट ह्याका लागि मुरले डेब्यु गरेको ५० औं वर्ष । म्यानचेस्टर सिटीले भने सन् २००३ मा क्यामरुनी खेलाडी मार्क भिभेन–फोएनको २३ नम्बर जर्सिलाई ‘रिटायर्ड’ गरेको थियो । भिभेन–फोएनको फुटबल खेल्ने क्रममा मैदानमै ढलेपछि मृत्यु भएको थियो ।

 

फ्रान्सेली क्लब नेन्ट्सले भने सन् २०१९ इमिलिनोट सालाको नम्बर ९ जर्सि ‘रिटायर्ड’ गरेको थियो । उनको विमान दुर्घटनमा मृत्यु भएको थियो । यसतै प्यानाथिनाइकोजले जर्ज बाल्डकको ३२ नम्बर जर्सि, कार्डिफले पिटर ह्विटघमको ७ नम्बर जर्सि र क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) ले रे जोन्सको ३१ नम्बर जर्सि ‘रिटायर्ड’ गरेको इतिहास पाइन्छ ।


Swadesh Maharjan | July 7th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya