Share on:

रोमाको अर्को कमजोर प्रदर्शन
January 4th, 2026

एक समय उपाधि होडमा रहेको एएस रोमा शनिबार इटालीको सिरी ए मा एटलान्टाको हातबाट १–० ले पराजित रह्यो । कमजोर प्रदर्शन गरिरहेको रोमा यस नतिजापछि पाँचौं स्थानमा झरेको छ । 


रोमा ३३ अंकमा सीमित रहेर शीर्ष चारबाट पछाडि परेको हो । युभेन्ट्स भने ३३ अंकमै चौथो स्थानमा पुगेको छ । उसले अर्को खेलमा लेचेविरुद्ध १–१ को बराबरीमा चित्त बुझायो ।  


एटलान्टाको जितमा जर्जिओ स्काल्भिनीले निर्णायक गोल गरे । यो जितपछि २५ अंकमा आठौं स्थानमा उक्लेको छ । अन्य खेलमा ससुलो र पार्मा तथा जेनोआ र पिसाले पनि समान १–१ कै बराबरी खेले । 


Swadesh Maharjan | January 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya