
काठमाडौ- जारि शहिद स्मरक 'ए' डिभिजन लिगअन्तर्गत शनिबार आफ्नो अन्तिम खेलमा संकटा क्लब र न्युरोड टिम (एनआरटी)ले बराबरी खेल्दै अंक बाडेका छन्।
च्यासल मैदानमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन्।
पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।
८९औँ मिनेटमा बिक्रम धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए।
बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ भने एनआरटीको २७ खेलमा ३४ अंक छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]