Share on:

जेभेरेभ बने फ्रेन्च ओपन च्याम्पियन
June 8th, 2026

एलेक्जान्डर जेभेरेभले आइतबार इटालीका फ्लाभिओ कोबोलीमाथि पाँच सेटको नाटकीय जित निकाल्दै फ्रेन्च ओपन २०२६ को उपाधि जितेका छन् । उनको खेल जीवनको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो ।


यसअघिका तीन ग्रान्ड स्लाम फाइनलमा उनी लगातार पराजित रहेका थिए र यसक्रममा उनलाई अभाग्यशाली खेलाडी भन्न सुरु भएको थियो । रोलान्ड ग्यारोसमा भएको फाइनलमा दोस्रो वरीयताका जर्मन खेलाडी ६–१, ४–६, ६–४, ६–७ र ६–१ ले विजयी रहे ।


फाइनल चार घण्टा १६ मिनेट चलेको थियो । दसौं वरीयताका कोबोलीले भने पहिलो पटक ग्रान्ड स्लामको फाइनल खेलेका थिए र उनको तुलनामा जेभेरेभ उपाधिको हकदार पनि रहे ।


Swadesh Maharjan | June 8th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya