
काठमाडौं। फिफा विश्वकप २०२६ को पहिलो खेल जुन ११ मा मेक्सिको सिटीमा समूह ‘ए’ अन्तर्गत हुनेछ। जहाँ सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई आतिथ्य दिनेछ। समूहमा चेक गणतन्त्र र दक्षिण कोरियाले पनि अन्तिम ३२ मा पुग्न चुनौती प्रस्तुत गर्नेछन्।
समूहका अधिकांश खेलहरु मेक्सिकोमा हुनेछन्। समूह ‘ए’ का दुई खेल मेक्सिको सिटीमा हुनेछन् भने ग्वाडालाजारा र मोन्टेरीमा एक÷एक खेल हुने तालिका छ। यो समूहमा मेक्सिकोबाहिर एउटा मात्र खेल हुनेछ। त्यो जुन १८ मा चेक गणतन्त्र र दक्षिण अफ्रिकाबीचको खेल हो। जुन एट्लान्टामा हुने तय छ।
मेक्सिकोका तीनमध्ये दुई समूह खेल हालैमात्र पुर्ननिर्माण गरिएको एज्टेका रंगशालामा हुनेछन्। यो त्यही रंगशाला हो, जसले १९७० र १९८६ को विश्वकपमा फाइनल खेल आयोजना गरेको थियो।
मेक्सिको
चार दशकपछि पहिलो पटक विश्वकप आयोजना गर्न लागेको मेक्सिको चार वर्षअघि कतारमा समूह चरणबाटै बाहिरिएको थियो। कतारभन्दा अगाडिसन् १९९४ देखि २०१८ सम्म लगातार सात पटक मेक्सिकोको यात्रा अन्तिम १६ मा टुंगिएको थियो।
यसपाली टोली ती सबै निराशाका नतिजालाई विर्सँदै सफलताको अर्को अध्याय सुरु गर्न चाहन्छ। मेक्सिकोले यसअघि अन्तिम ८ को यात्रा तय गरेको भनेकै आफैले विश्वकप आयोजना गर्दा १९७० र १९८६ मा हो।
चार दशकपछि आफैले आयोजना गर्दा फेरि विश्वकपको क्वार्टरफाइनलबाट माथि उठ्ने मेक्सिकोको लक्ष्यमा धेरै आशा १७ वर्षे गिल्बर्टो मोरामाथि टिकेको छ। मेक्सिकोको राष्ट्रिय टिमबाट खेल्ने इतिहासकै सबभन्दा कम उमेरको खेलाडीका रुपमा गतवर्ष मोराले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका थिए।
मेक्सिकन टिम भेट्रान प्रशिक्षक जाभियर अग्विरेको नेतृत्वमा विश्वकपमा मैदान उत्रिने तयारीमा छ। अग्विरे पछिल्लो पटक सन् २०२४ मा मेक्सिकन राष्ट्रिय टिममा जोडिएका थिए। त्यसयता लगातार नेतृत्वमा रहेका उनको यो टिममा तेस्रो कार्यकाल हो।
‘मैले आफूलाई निक्कै भाग्यमानी मानेको छु,’ मेक्सिकोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी अग्विरोले फिफा डटकमसँग भनेका छन्, ‘एउटा मेक्सिकन हुनाको नाताले यो टिमसँग आबद्ध भएर काम गर्न मलाई रमाइलो लाग्छ। यहाँ काम गरिरहँदा मलाई प्रत्येक दिन धन्य अनुभव हुन्छ। घरेलु मैदानमा विश्वकप खेल्न पाउनुभन्दा ठूलो कुरा कुनै पनि खेलाडीका लागि अरु केही हुँदैन।’
टिम मेक्सिको
गोलकिपरः राउल रान्जेल (सिभाज), कार्लोस एकेभेडो (सान्तोष लागुना), गुलेर्मो ओचोआ (एइएल लिमासोल)
रक्षकः इजराइल रेयेज (क्लब अमेरिका), जिसस गालार्डो (टोलुका), जर्ज सान्चेज (पिएओके), सिजर मोन्टेस (लोकोमोटिभ मस्को), योहान भास्क्वेज (जिनोआ), माटियो चाभेज (पिएसभी)
मिडफिल्डरः इरिक लिरा (क्रुज अजुल), लुइस रोमो (सिभाज), ओबेड भार्गस (एट्लेटिको मड्रिड), ब्रायन गुटिरेज (सिभाज), ओर्बेलिन पिनेडा (एइके एथेन्स)ं, इड्सन अल्भारेज (फेनेरबाचे), गिल्बर्टो मोरा (क्लब टिजुआना), सिजर हुएर्टा (एन्डरलेक), अल्भारो फिडाल्गो (रियाल बेटिस), लुइस चाभेज (डिनामो मस्को)
फरवार्डः रोबर्टो अल्भाराडो (सिभाज), एलेक्सिस भेगा (टोलुका), जुलियन क्विनोनेस (अल कादसिस), सान्टियागो जिमेनेज (एसी मिलान), गुलेर्मो मार्टिनेज (पुमास), अर्मान्डो गोन्जालेज (सिभाज), राउल जिमेनेज (फुलह्याम)
प्रशिक्षकः हाभियर अग्वेरे
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले सन् २०१० मा आफैले विश्वकप आयोजना गरेको थियो। त्यो संस्करणपछि दक्षिण अफ्रिका विश्वकपको मैदानमा फर्किएको यही पहिलो पटक हो।
१६ वर्षअघि फ्रान्समाथि २–१ को स्तव्धतापूर्ण जित निकाले पनि दक्षिण अफ्रिका समूह चरणबाट माथि उठ्न सकेको थिएन। विश्वप इतिहासमा त्यतिबेला दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक बनेको थियो।
त्यसअघि सन् १९९८ र २००२ मा विश्वकपको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिए पनि दक्षिण अफ्रिका नकआउट चरण पुग्न भने सफल भएको थिएन।
यसपाली छनोट प्रतियोगिताको समूह प्रतिस्पर्धामा अफ्रिकी महारथी नाइजेरियालाई पछि पार्दै दक्षिण अफ्रिकाले विश्वकपको टिकट काटेको थियो।
विश्वकपको मञ्चमा पहिलो पटक नकआउट चरण पुग्ने लक्ष्यका साथ उत्तर अमेरिकाको भ्रमणमा निस्किएको दक्षिण अफ्रिकालाई प्रशिक्षकको भूमिकामा रहेर बेल्जियमका ह्युगो ब्रूसले नेतृत्व गरिरहेका छन्।
सन् २०२१ देखि लगातार दक्षिण अफ्रिकी टिमको नेतृत्वमा रहेका ब्रूसले अधिकांश स्थानीय क्लबका खेलाडीहरुबाट विश्वकपको टिम तयार गरेका छन्।
टिम दक्षिण अफ्रिका
गोलकिपरः रोन्वेन विलियम्स (मामेलोडी सन्डन्स), रिकार्डो गस (सिवेलेले एफसी), सिफो चाइने (ओर्लान्डो पिराटेस)
रक्षकः खुलिसो मुडाउ (मोलोडी सन्डन्स), ओल्वेथु माखान्या (फिलाडेल्फिया युनियन), ब्राड्ली क्रस (काइजर चिफ्स), थावाङ माटुलुडी (पोलोवेने सिटी), एन्कोसिनाथी सिबिसी (ओर्लान्डो पिराटेस), अब्रे मोडिबा (मामेलोडी सन्डन्स), खुलुमानी एन्डामाने (मामेलोडी सन्डन्स), इमे ओकोन (ह्यानोभर ९६), सामुकेले काबिनी (मोल्डे एफके), एमबेकेजेली एमबोकाजी (सिकागो फायर)
मिड्फिल्डरः थेबोहो मोकोइना (मामेलोडी सन्डन्स), जाइडेन एडम्स (मामेलोडी सन्डन्स), थालेन्टे एमबाथा (ओर्लान्डो पिराटेस), कामोगेलो सेबेलेबेले (ओर्लान्डो पिराटेस)स्फेफेलो सिथोले (सिडी टन्डेला)
फरवार्डः अस्विन एपोलिस (ओर्लान्डो पिराटेस), टिसेपाङ मोरेमी( ओर्लान्डो पिराटेस), इभिडेन्स माक्गोपा (ओर्लान्डो पिराटेस), लाइल फोस्टर (बर्नली), इक्राम राएनर्स (मामेलोडी सन्डन्स), रेले बोहिले मोफोकेङ (ओर्लान्डो पिराटेस), थेम्बा जिवाने (मामेलोडी सन्डन्स), थापेलो मासेको (एइएल लिमासोल)
प्रशिक्षकः ह्युगो ब्रुस
दक्षिण कोरिया
विश्वकप इतिहासमा सबभन्दा सफल एसियाली राष्ट्र दक्षिण कोरियाको यो विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा १२औं सहभागिता हो। सन् २००२ मा जापानसँग मिलेर आफैले प्रतियोगिता आयोजना गर्दा सेमिफाइनल पुग्नु विश्वकपमा दक्षिण कोरियाको अहिलेसम्मको सबभन्दा उत्कृष्ट नतिजा हो।
आफैले आयोजना गर्दा अन्तिम चार पुगेको दक्षिण कोरिया त्यसयता कहिल्यै पनि अन्तिम १६ पार गर्न सफल भएको छैन। चार वर्षअघि कतारमा उरुग्वे र घाना पनि रहेको समूहबाट पोर्चुगल विजेता बन्दा दक्षिण कोरिया उपविजेता हुँदै अगाडि बढेको थियो। तर अन्तिम १६ मा ब्राजिलसँग ४–१ को हार भोग्दै टोली घर फर्किएको थियो।
विश्वकप २०२६ का लागि एसियाली छनोट प्रतियोगितामा अपराजित हुँदै उत्तर अमेरिकाको टिकट काट्न सफल भए पनि विश्वकप अभ्यास खेलहरुमा भने टिमको प्रदर्शन सोचेजस्तो रहन सकेको छैन। गत महिनाका अभ्यास खेलमा टोलीले आइभोरी कोस्टलाई ४–० तथा अस्ट्रियालाई १–० को नतिजा सुम्पिएको थियो।
टोलीका सबभन्दा ठूला स्टार तथा कप्तान टोटनहमका पूर्व स्ट्राइकर सन ह्युङ मिन हुन्। सन अहिले अमेरिकी मेजर लिग सकरको टोली लस एन्जल्स एफसीबाट खेलिरहेका छन्। टिममा उपलब्ध अन्य स्टार नाम भनेको पेरिस सेन्ट जर्मनका मिड्फिल्डर ली काङ इन र बायर्न म्युनिखका रक्षक किम मिन जाइ हुन्।
प्रशिक्षकको रुपमा टिमको नेतृत्व सन् २०२४ देखि निरन्तर होङ म्युङ बोले गरिरहेका छन्। यो दक्षिण कोरियाली राष्ट्रिय टिममा उनको दोस्रो कार्यकाल हो। सन् २००२ मा घरेलु भुमीमा टोली फाइनल पुग्दा उनी दक्षिण कोरियाका कप्तान थिए।
टिम दक्षिण कोरिया
गोलकिपरः बम किउन सङ (जियोनबुक), ह्योन उ जो (उल्सान), सियुङ ग्यु किम (एफसी टोकियो)
रक्षकः मुन ह्वान किम (डाइजियुन), मिन जाइ किम (बायर्न म्युनिख), ताइ ह्युन किम (कासिमा एन्टलर्स), जिन सियोब पार्क (झेजियाङ), योङ उ सिउल (रेड स्टार बेलग्रेड), जिन्स कास्ट्रप (बोरुसिया मोन्चेनग्लाडबाच), की ह्युक ली (गाङउन), ताइ सिउक ली (अस्ट्रिय विन), हान बिउम ली (मिड्जिल्यान्ड), यु मिन चो (सारजहाँ)
मिड्फिल्डरः जिन ग्यु किम (जियोनबक), जुन हो बाइ (स्टोक), सियुङ हो पाइक (बर्मिङघम), ह्युन जुन याङ (सेल्टिक), जी सङ इयोम (स्वान्सी), काङ इन ली (पेरिस सेन्ट जर्मेन), डङ गेयोङ ली (उल्सान), जाइ सङ ली (मेइन्ज), इन बयिोम ह्वाङ (फेयर्नुड), ही चान ह्वाङ (उल्भस)
फरवार्डः ह्युङ मिन सन (एलएएफसी), ह्योन ग्यु ओ (बेसिक्टास), गुइ सङ चो (मिड्जिल्यान्ड)
प्रशिक्षकः म्युङ बो हङ
चेक गणतन्त्र
चेक गणतन्त्रले सन् २००६ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउनका लागि युरोपियन प्लेअफमा पेनाल्टी सुटआउटसम्म संघर्ष गर्दै डेनमार्कलाई हराउनुपरेको थियो।
२० वर्षअघि उच्च वरियताका टिममध्ये एकको रुपमा विश्वकपका लागि जर्मनी पुगेको चेक गणतन्त्र समूह चरणबाटै घर फर्किएको थियो। चेक गणतन्त्र रहेको समूहमा इटाली, घाना र अमेरिका थिए। विश्वकपको उक्त संस्करणमा इटालीले पछि उपाधि नै जित्यो।
टिमलाई विश्वकपसम्म डोर्याउने अभियानमा सहयोग गर्न ३५ वर्षे पूर्व कप्तान भ्यादिमिर डारिया संन्यास फिर्ता लिएर मैदान फर्किएका थिए। युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलबाट चेक गणतन्त्र पराजित भएपछि डारियाले सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।
चेक गणतन्त्रको टिम ७४ वर्षे भेट्रान प्रशिक्षक मिरोस्लाभ कौबेकको नेतृत्वमा विश्वकप खेल्दैछ। गतवर्ष विश्वकप छनोटको खेलमा निक्कै कमजोर आँकिएको फारो आइल्यान्डसँग २–१ को नतिजामा स्तव्ध भएपछि इभान हासेकलाई स्थानान्तरण गर्दै कौबेकले टिमको नेतृत्व लिएका थिए।
टिम चेक गणतन्त्र
गोलकिपरः लुकास होर्निचेक (ब्रागा), माटेज कोभार (पिएसभी आइन्डहोभन), जिन्ड्रिच स्टानेक (स्लाभिया प्राग)
रक्षकः भ्लादिमिर कौफल (होफेनहेम), डेविड डाउडेरा (स्लाभिया प्राग), टोमस होल्स (स्लाभिया प्राग), रोबिन ह्रानाक (होफेनहेम), स्टेपन चालोपेक (स्लाभिया प्राग), डेविड जुरासेक (स्लाभिया प्राग), लाडिस्लाभ क्रेज्की (उल्भस), जारोस्लाभ जेलेनी (स्पार्टा प्राग), डेविड जिमा (स्लाभिया प्राग)
मिड्फिल्डरः लुकास क्रेभ (भिक्टोरिया प्लाजेन), भ्लादिमिर डारिडा (ह्राडेक क्रालोभ), लुकास प्रोभोड (स्लाभिया प्राग), मिचेल साडिलेक (स्लाभिया प्राग), ह्युगो सोचुरेक (स्पार्टा प्राग), एलेक्जेन्डर सोज्का (भिक्टोरिया प्लाजेन), टोमस सौचेक (वेस्ट ह्याम), पाभेल सुल्क (ओलम्पिक लियोन), डेनिस भिसिन्स्की (भिक्टोरिया प्लाजेन)
फरवार्डः एडम ह्लोजेक (होफेनहेम), टोमस चोरी (स्लाभिया प्राग), मोजमिर चिटिल (स्लाभिया प्राग), यान कुच्टा (स्पार्टा प्राग), प्याट्रिक शिच (बायर लेभरकुसन)
प्रशिक्षकः मिरोस्लाभ कौबेक
समूह ‘ए’ खेलतालिका (नेपाली समयअनुसार)
– मेक्सिको विरुद्ध दक्षिण अफ्रिका, १२ जुन, बिहान ००ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– दक्षिण कोरिया विरुद्ध चेक गणतन्त्र, १२ जुन, बिहान ०७ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– चेक गणतन्त्र विरुद्ध दक्षिण अफ्रिका, १८ जुन, साँझ २१ः४५ बजे, मर्सिडिज बेन्ज रंगशाला (एट्लान्टा)
– मेक्सिको विरुद्ध दक्षिण कोरिया), १९ जुन, बिहान ०६ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– चेक गणतन्त्र विरुद्ध मेक्सिको, २५ जुन, बिहान ०६ः४५ बजे, एज्टेका रंगशाला (मेक्सिको सिटी)
– दक्षिण अफ्रिका विरुद्ध दक्षिण कोरिया, २५ जुन, बिहान ०६ः४५ बजे, स्टेडियो बिबिभिए (मोन्टेरी)
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]