Share on:

फिफा विश्वकप समूह ‘डी’ : आयोजक अमेरिकाको भाग्य परिक्षणमा परिचित प्रतिद्धन्द्धी
June 7th, 2026

काठमाडौं । आफैले आयोजना गर्न लागेको विश्वकपमा समूह चरणका प्रतिद्धन्द्धीहरु अस्ट्रेलिया, पाराग्वे र टर्की अमेरिकाका लागि नौला हुने छैनन्।


गतवर्ष अमेरिकाले यी तीनवटै विपक्षीसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । जुनमा टर्कीसँग २–१ को नतिजामा पराजित भएको अमेरिकाले अस्ट्रेलिया र पाराग्ेलाई चाँही त्यही नतिजामा पराजित गरेको थियो ।


समूह ‘डी’का खेलहरु भ्यान्कोभर, ब्रिटिस कोलम्बिया, सियाटल, सान्टा क्लारा, क्यालिफोर्निया, सान फ्रान्सिस्को र क्यालिफोर्नियामा हुनेछन् । विश्वकपका चार मध्ये समूह ‘सी’ का खेलहरु एउटै टाइम जोनमा हुनेछन् । समूह ‘डी’ र ‘जी’ का खेलहरु वेस्ट कोस्टमा हुनेछन् भने ‘सी’ र ‘आई’ का खेलहरु इस्ट कोस्टमा हुनेछन् ।


अमेरिका

घरमै विश्वकप गरिरहँदा गोलकिपर र रक्षापंक्तिले अमेरिकाको टाउको दुखाउन सक्नेछ । सन् १९८० को दशकयता अमेरिकी टोलीमा सबभन्दा कमजोर गोलकिपरहरु छन् । यसैगरी टिममा क्रिस रिचार्डस युरोपबाट व्यावसायिक फुटबल खेलिरहेका एकमात्र सेन्ट्रल डिफेन्डर हुन् ।


प्रतियोगिताको सहआयोजक हुनाको नाताले ‘ड्र’ मा पाएको सुविधाका कारण १६औं वरियताको अमेरिकाले विश्व वरियताको २७औं स्थानमा रहेको अस्ट्रेलियासँग खेल्दै घरेलु विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि टोलीले ४०औं वरियताको पाराग्वे र विश्व वरियताको २२औं स्थानमा रहेको टर्कीसँग खेल्नेछ ।


क्रिस्टियन प्युलिसिक वर्तमान अमेरिकी फुटबलका सबभन्दा ठूला स्टार हुन् । तर उनको फर्म टोलीको लागि चिन्ताको विषय हो । उनले सन् २०२४ यता एउटै अन्तर्राष्ट्रिय गोल गर्न सकेका छैनन् ।


मिड्फिल्डर टेलर एडम्स र राइट ब्याक सेर्जिनो डेस्टजस्ता भेट्रान खेलाडीहरु प्रतियोगिताको पूर्वसन्ध्यामा फिट्नेसको समस्याबाट गुज्रिइरहेका छन् । कतारमा अन्तिम १६ मा नेदरल्यान्ड्ससँग पराजित भएर बाहिरिएको विश्वकपमा एडम्स र डेस्ट अमेरिकाका मुख्य खेलाडी थिए ।


सन् १९३० मा विश्वकप सुरु भएयता अमेरिकाले अहिलेसम्म सेमिफाइनल पुग्ने उपलब्धि हासिल गर्न सकेको छैन । सन् २००२ मा लन्डन डोनोभान र डामार्कुस बिस्लेको सनसनीपूर्ण प्रदर्शनमा क्वार्टरफाइनल पुगेयता अमेरिका अन्तिम ८ पनि पुग्न सकेको छैन् ।


प्रशिक्षकको रुपमा अनुभवी माउरिसियो पोचेटिन्होले अमेरिकालाई घरेलु विश्वकपमा डोर्याउँदैछन् । सन् २०२४ को कोपा अमेरिकामा अमेरिका समूह चरणबाटै बाहिरिएपछि बर्खास्त भएका ग्रेग बेर्हाल्टरलाई स्थानान्तरण गर्दै पोचेटिन्होले टिमको नेतृत्व लिएका थिए ।


टिम अमेरिका

गोलकिपरः क्रिस बार्डी (सिकागो फायर), माट फ्रेसे (न्युयोर्क सिटी एफसी), माट टर्नर (न्यु इङ्ल्यान्ड रिभोलुसन)

रक्षकः म्याक्स आर्फस्टेन (कोलम्बस क्रयु), सेर्जिनो डेस्ट (पिएसभी आइन्डहोभन), एलेक्स फ्रिम्यान (भियारियाल), मार्क म्याककेन्जी (टाउलाउज), टिम रिम (चार्लोट्टे एफसी), क्रिस रिचार्डस (क्रिस्टल प्यालेस), एन्टोनी रोबिन्सन (फुलह्याम), माइल्स रोबिन्सन (एफसी सिनसिनाटी), जोए स्काली (बोरुसिया मोन्चेनग्लाडबाच), अस्टन ट्रस्टी (सेल्टिक)

मिड्फिल्डरः टेलर एडम्स (बर्नमाउथ), सेबास्टिन बेर्हाल्टर (भ्यान्कोभर ह्वाइटक्याप्स), वेस्टन म्याककेनी (युभेन्टस), जियो रेइना (बोरुसिया मोन्चेनग्लाडबाच), क्रिस्टियन रोल्डन (सियाटल सन्डर्स), मालिक टिलम्यान (बायर लेभरकुसन)

फरवार्डः ब्रेन्डन एरोन्सन (लिड्स), फ्लोरियन बालोगन (मोनाको), रिकार्डो पेपी (पिएसभी आइन्डहोभन), क्रिस्टियन प्युलिसिच (एसी मिलान), टिम विह (मार्से), हाजी राइट (कोभेन्ट्री), एलेजान्द्रो जेन्डेजास (क्लब अमेरिका)

प्रशिक्षकः माउरिसियो पोचेटिनो


टर्की

सन् २००२ को विश्वकप तथा २००८ को युरोपियन च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शनका साथ सेमिफाइनल पुगेको टर्की विश्वकपमा लगातार पछिल्ला पाँच संस्करणमा अनुपस्थित थियो । यसपाली पनि कोसोभोलाई प्लेअफमा हराएर मात्र टोली २००२ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो ।


सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको टर्कीका लागि यो तेस्रो विश्वकप सहभागिता हुनेछ ।


टर्कीको टिम २२ अन्तर्राष्ट्रिय गोल गरेका कप्तान हाकान काल्हानोग्लु र १५ गोल गरेका केरिम आर्टुरकोग्लुबाट उच्च प्रदर्शनको अपेक्षामा हुनेछ ।


एएस रोमाका पूर्व स्ट्राइकर भिन्सेन्जो मोन्टेला अहिले टर्कीका प्रशिक्षक हुन् । उनले २०२३ सेप्टेम्बरमा स्टेफान कुन्टजलाई स्थानान्तरण गरेका थिए । त्यसयता उनले टोलीलाई सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म डोर्याएका थिए ।


उत्तर अमेरिकाका तीन देशले आयोजना गर्ने विश्वकपमा स्थान सुरक्षित गर्नका लागि टर्कीले रोमानिया र कोसोभोलाई प्लेअफमा पराजित गर्नुपरेको थियो । टर्कीले सन् २००४ यता अस्ट्रेलियासँग खेलेको छैन् भने टोलीको सन् १९९५ मा एकपटक पाराग्वेसँग भेट भएको थियो ।


टिम टर्की

गोलकिपरः उगुर्कान काकिर (गालाटासरे), अल्टे बायिन्डिर (म्यानचेस्टर युनाइटेड), मेर्ट गुनोक (बेसिक्टास)

रक्षकः फेर्डी काडिओग्लु (ब्राइटन), मेरिह डेमिराल (अल आहली), जेकी सेलिक (एएस रोमा), ओजान काबाक (होफेनहेम), मेर्ट मल्डर (फेनेरबाचे), अब्दुलकेरिम बार्डाक्ची (गालाटासरे), इरेन इल्माली (गालाटासरे), काग्लर सोयुन्कु (फेनेरबाचे), समित अकाइदिन (रिजेस्पर)

मिड्फिल्डरः आर्दा गुलेर (रियाल मड्रिड), क्यान उजुन (इन्ट्रयाक्ट फ्रयांकफर्ट), ओर्कुन कोक्चु (बेसिक्टास), हाकान काल्हानोग्लु (इन्टर मिलान), इस्माइल युकसेक (फेनेरबाचे), कान आइहान (गालाटासरे), सालिह ओज्कान (बोरुसिया डर्टमण्ड)

फरवार्डः किनान यिल्डिज (युभेन्टस), बारिस अल्पर यिल्माज (गालाटासरे), केरिम एक्टुर्कोग्लु (फेनेरबाचे), युनुस एक्गन (गालाटासरे), ओगुज आइडिन (फेनेरबाचे), डेनिज गुल (एफसी पोर्टो), इरफान क्यान काहभेची (फेनेरबाचे)

प्रशिक्षकः भिन्सेन्जो मोन्टेला


पाराग्वे

इक्वेडरसँग गोलरहित बराबरी नतिजा निकालेपछि दक्षिण अमेरिकाबाट ६ टोली सोझै विश्वकपलाई छानिनेमा पाराग्वे छैटौं भएको थियो । टोली विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिएको यो सन् २०१० यता पहिलो पटक हो ।


पाराग्वेको यो नवौं विश्वकप सहभागिता हो । त्यसमध्ये सन् २०१० मा क्वार्टरफाइनल पुग्नु पाराग्वेको विश्वकपमा अहिलेसम्मको सर्वोत्कृष्ट नतिजा हो । त्यतिबेला डेभिड भियाले ८३ मिनेटमा गोल गरेपछि पाराग्वे क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।


३२ वर्षे मिगुअल अल्मिरोन र ३० वर्षे एन्टोनियो सानाब्रियाजस्ता भेट्रानले आसन्न विश्वकपमा पाराग्वेको आक्रमणलाई नेतृत्व गर्नेछन् । यसैगरी २२ वर्षे जुलियो इन्सिसो र २३ वर्षे डिएगो गोमेजले युवा जोशको प्रतिनिधित्व गर्नेछन् ।


सन् २०२४ को कोपा अमेरिकामा समूहका तीनै खेल हारेपछि बर्खास्तगीमा परेका प्रशिक्षक ड्यानिअल गार्नेरोलाई स्थानान्तरण गरेका गुस्ताभो अल्फारोले विश्वकपमा पाराग्वेको टिम नेतृत्व गर्नेछन् ।


टिम पाराग्वे

गोलकिपरः रोबर्टो जुनियर फर्नान्डेज (सेरो पोर्टेनो), ओर्लान्डो जिल (सान लोरेन्जो), गास्टन ओल्भियरा (ओलिम्पिया)

रक्षकः ओमार अल्डेरेट (सन्डरल्यान्ड), जुनियर अलोन्सो (एट्लेटिको मिनेइरो), फाबियन बाल्बुइना (ग्रेमिनो), हुँवा जोसे कासिरेस (डिनामो मस्को), होजे क्यानाले (लानुस), गुस्ताभो गोमेज (पाल्मेइरास), एलेजान्द्रो माइडाना (टालेरेस), गुस्ताभो भेलाज्क्वेज (सिरो पोर्टेनो)

मिड्फिल्डरः डामियन बोबाडिला (साओ पाउलो), गुस्ताभो काबालेरो (पोर्टसमाउथ), आन्द्रेस क्युबाज (भ्यान्कोभर ह्वाइटक्याप्स), माटियास गालार्जा (एट्लान्टा युनाइटेड), डिएगो गोमेज (ब्राइटन), माउरिसियो माघाल्हाइस (पाल्मेइरास), ब्रायन ओजेडा (ओर्लान्डो सिटी), एलेजान्द्रो रोमेरो (अल अइन)

फरवार्डः मिगुअल अल्मिरोन (एट्लान्टा युनाइटेड), ग्याब्रिअल एभालोस (इन्डिपेन्डिएन्ट), एलेक्स आर्क (इन्डिपेन्डिएन्ट रिभाडाभिया), जुलियो इन्सिसो (स्ट्रासब्राउ), इसिड्रो पिटा (ब्रागान्टिनो), एन्टोनियो सानाब्रिया (क्रेमोनेसे), रामोन सोसा (पाल्मेइरास)

प्रशिक्षकः गुस्ताभो अल्फारो


अस्ट्रेलिया

लगातार चार पटक विश्वकपको समूह चरणबाटै बाहिरिनाको पीडामा अस्ट्रेलियाले चार वर्षअघि कतारमा मलम लगाएको थियो । ट्युनिसिया र डेनमार्कलाई पराजित गर्दै टोली विश्वकप २०२२ को नकआउट चरण पुग्यो । तर अन्तिम १६ मा अर्जेन्टिनासँग २–१ ले पराजित हुँदै घर फर्कियो । लियोनेल मेसीको अर्जेन्टिनाले पछि फाइनलमा फ्रान्सलाई हराएर उक्त संस्करणको उपाधि नै जितेको थियो ।


अनुभवी गोलकिपर म्याथु रायन अस्ट्रेलियाली टिमका कप्तान हुन् । व्यक्तिगत रुपमा उनका लागि यो चौथो विश्वकप हुनेछ ।


२०२४ को सेप्टेम्बरमा ग्राहम आर्नोल्डलाई स्थानान्तरण गर्दै त्यसयता मुख्य प्रशिक्षकको भूमिकामा अस्ट्रेलियाका पूर्व रक्षक टोनी पोपोभिचलेसन्ले टोलीको नेतृत्व गरिरहेका छन् । विश्वकप छनोटकै खेलअन्तर्गत घरेलु मैदानमा बहराइनसँग पराजय तथा इन्डोनेसियासँग बराबरी नतिजामा सीमित भएपछि आर्नोल्डको अस्ट्रेलियाली टिममा दोस्रो कार्यकाल टुंगिएको थियो । हाल उनी इराकको प्रशिक्षकको जिम्मेवारीमा छन् ।


टिम अस्ट्रेलिया

गोलकिपरः माटी रायन (लेभान्टे), पाउल इजो (रान्डर्स), प्याट्रिक बिच (मेलबर्न सिटी)

रक्षकः अजिज बेहिच (मेलबर्न सिटी), जोर्डन बस (फेयर्नुड), क्यामरुन बर्गस (स्वान्सी सिटी), अलेसान्द्रो सिर्काटी (पार्मा काल्सियो १९१३), मिलोस डेजेनेक (एपोइल एफसी), जेसन जेरिया (अल्बिरेक्स निगाटा), लुकास हेरिङ्टन (कोलोराडो र्यापिड्स), ज्याकोब इटालियानो (ग्राजर एके), ह्यारी सटर (लेस्टर सिटी), काइ ट्रेविन (न्युयोर्क सिटी)

मिड्फिल्डरः क्यामरुन डेभ्लिन (हार्टस), एज्डिन ह््रस्टिक (हेराक्लेस अल्मेलो), ज्याक्सन इर्भिन (सेन्ट पाउली), कोनोर मेटकाल्फे (सेन्ट पाउली एफसी), एइडेन ओनिल (न्युयोर्क सिटी), पाउल ओकोन इङ्स्टलर (सिड्नी एफसी)

फरवार्डः नेस्टोरी इरानकुन्डा (वाट्फोर्ड), म्याथु लेकी (मेलबर्न सिटी), एवेर माबिल (सिडी क्यास्टेलन), मोहमद टाउरे (नर्विच सिटी), निसान भेलुपिले (मेलबर्न भिक्ट्री) क्रिस्टियन भोल्पाटो (सासौलो), टेटे येङ्गी (माचिडा जेल्भिया)

प्रशिक्षकः टोनी पोपोभिच


समूह ‘डी’ खेलतालिका (नेपाली समयअनुसार)

– अमेरिका विरुद्ध पाराग्वे, १३ जुन, बिहान ०६ः४५ बजे, सोफी रंगशाला (लस एन्जलस)

– अस्ट्रेलिया विरुद्ध टर्की, १४ जुन, बिहान ०९ः४५ बजे, बिसी प्लेस (भ्यान्कोभर)

– अमेरिका विरुद्ध अस्ट्रेलिया, २० जुन, बिहान ००ः४५ बजे, लुमेन फिल्ड (सियाटल)

– टर्की विरुद्ध पाराग्वे, २० जुन, बिहान ०८ः४५ बजे, लिभाइज रंगशाला (सान फ्रान्सिस्को)

– पाराग्वे विरुद्ध अस्ट्रेलिया, २८ जुन, बिहान ०७ः४५ बजे, लिभाइज रंगशाला (सान फ्रान्सिस्को)

– टर्की विरुद्ध अमेरिका, २८ जुन, बिहान ०७ः४५ बजे, सोफी रंगशाला (लस एन्जलस)




Swadesh Maharjan | June 7th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya