
काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले चिलीलाई २–१ गोलले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पोर्चुगलले दोस्रो हाफमा दुई गोल गर्यो। खेलको ५८औँ मिनेटमा गोन्सालो गुएडेसले रुबेन नेभेसको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए।
त्यसपछि ७५औँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए।
खेलको इन्जुरी समयमा चिलीका लुकास सेपेडाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले ९२औँ मिनेटमा फेलिपे मेन्देजको पासमा गोल गरेका थिए।
खेलको पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका राफाएल लियाे र चिलीका इभान रोमानबीच विवाद भएपछि दुवै खेलाडीले रातो कार्ड पाएर मैदान छाडेका थिए।
क्रिस्टियानो रोनाल्डोले पहिलो हाफ खेलेका थिए भने दोस्रो हाफको सुरुआतमै उनलाई गोन्सालो गुएडेसले प्रतिस्थापन गरेका थिए।
यो जितसँगै पोर्चुगलले फिफा विश्वकपकाे लागि तयार रहेकाे संकेत गरेकाे छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]