Share on:

जगजित श्रेष्ठको गोलमा सातदोबाटो हारबाट जोगियो
March 11th, 2026

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले अन्तिम समयमा गोल गर्दै जावलाखेल युथ क्लबसँग बराबरी खेलेको छ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा जावलाखेल र सातदोबाटोले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।


खेलको २२औँ मिनेटमा बुबाकार सिसोखोको गोलबाट जावलाखेलले अग्रता लिएको थियो। पहिलो हाफमा अग्रता बनाएको जावलाखेलले खेलको अन्तिम समयसम्म त्यो अग्रता जोगाइराखे पनि इन्जुरी समयमा सम्हालिन सकेन।


इन्जुरी समयमा जगजित श्रेष्ठले सुन्दर गोल गर्दै सातदोबाटोलाई हारबाट जोगाएका थिए। यो नतिजासँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।


Swadesh Maharjan | March 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya