
उल्भ्सले इंग्लिस प्रिमियर लिगमा शनिबार यो सिजनको पहिलो जित निकालेको छ । उसले यसका लागि रेलिगेसनबाट बच्न संघर्षरत अर्को टिम वेस्ट ह्यामलाई ३–० ले हरायो ।
त्यसमा जाने एरिस, ह्वान हिन चान र म्याथेस मानेले गोल गरे । यो नतिजापछि उल्भ्सको छ अंक भएको छ र लिग तालिकाको पुछारमा छ । वेस्ट ह्याम पनि १४ अंकमा रेलिगेसन क्षेत्रमै छ र चर्को दबाबबाट गुज्रिरहेको छ ।
शनिबारको प्रमुख खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ ले हरायो । आर्सनलको २० खेलबाट ४८ अंक भएको छ र एस्टन भिल्ला उसको पछाडि ४२ अंकमा दोस्रो स्थानमा छ ।
शीर्षमा आर्सनलको अग्रता छ अंक भएको छ । यस्तै अर्को खेलमा ब्राइटनले बर्नलीलाई २–० ले हरायो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]