Share on:

झर्न अगाडि उल्भ्स लयमा
March 17th, 2026

इंग्लिस प्रिमियर लिगमा उल्भ्सले दुई गोलले पछाडि रहेको स्थितिबाट सोमबार ब्रेन्टफोर्डलाई २–२ को बराबरीमा चित्त बुझाउन बाध्य पारेको छ । पूरा सिजन खराव खेलेको उल्भ्स लिगका पछिल्ला तीन खेलमा अपराजित रहेको छ ।


त्यस अगाडि उसले एस्टन भिल्ला र लिभरपुललाई हराएको थियो । तर पनि उल्भ्स रेलिगेसनमा पर्ने निश्चित छ, अहिले भने दोस्रो डिभिजनमा झर्न अगाडि उल्भ्स लयमा देखिएको हो ।


ब्रेन्टफोर्डले माइकल कयोडे र इयोर थिएगोको गोलमा अग्रता लिएको थियो । त्यसपछि एडम आम्स्ट्रङ र टोलु एराकोडारले बराबरी गोल फर्काए । ब्रेन्टफोर्ड ४५ अंकमा सातौं स्थान छ । उल्भ्स भने १७ अंकमा २० औं स्थानमा छ ।


Swadesh Maharjan | March 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya