Share on:

सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स
November 7th, 2025

काठमाडौँ, कात्तिक २१ गते । नेपालका सानो भाई पौडेलले विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्समा उत्तीर्ण भएका छन् । 

दक्षिण कोरियाको सोलमा विश्व ट्रायथलनको आयोजनामा सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको कोर्स प्रशिक्षक पौडेलले पूरा गरेका हुन् । यो कोर्स पूरा गरेपछि पौडेल अब अन्तर्राष्ट्रिय ट्रायथलन एथलेट्सहरुलाई पनि प्रशिक्षण दिन योग्य भएका छन् ।  

‘लेभल टु कोर्स कठिन थियो । लेभल टु प्रशिक्षक बन्न थुपै्र मापदण्ड पूरा गर्नुपर्छ । कोरियामा कोर्स पूरा गरेपछि पनि नेपालमा करीब छ हप्ताको समयमा सो कोर्ससँग सम्बन्धित कोर्सहरु नेपालममा व्यवहारिकरुपमा लागू गरेको भिडियो बनाएर पठाएको थिएँ । सो भिडियोको विश्लेषण गरेपछि बल्ल बुधबार राति लेभल टु प्रशिक्षकको प्रमाणपत्र हासिल गरेको हुँ– प्रशिक्षक पौडेलले जानकारी दिए ।


सन् २०१९ मा नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ट्रायथलनमा दुई स्वर्णसहित छ पदक जित्दा पौडेल प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो । पौडेलले लेभल टु कोर्सपछि अब नेपाली ट्राइथलन खेलाडीहरुलाई थप परिस्कृत प्रशिक्षण दिएर उनीहरुको स्तर बढाउने उद्देश्य लिएका छन् ।


Swadesh Maharjan | November 7th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya