Share on:

आन्द्रेभाले जितिन् फ्रेन्च ओपन
June 7th, 2026

आठौं वरीयताकी रुसी खेलाडी मिरा आन्द्रेभाले शनिबार क्वालिफायर माजा चावलिन्स्कीलाई ६–३ र ६–२ ले हराएर फ्रेन्च ओपन २०२६ को उपाधि जितेकी छिन् ।


रोलान्ड ग्यारोसमा भएको फाइनलमा आन्द्रेभाले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेकी हुन् । उनले पहिलो पल्ट ग्रान्ड स्लाम उपाधि जितेकी हुन् । यस्तै उनी ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेको पनि यो पहिलो पटक हो ।


पोलिस १ सय १४ औं वरीयताकी खेलाडी चावलिन्स्कीले फाइनलमा बलियो चुनौती पेस गर्न सकिनन् । अर्कोतर्फ १९ वर्षीया आन्द्रेभा सन् १९९२ यता फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छि खेलाडी पनि भएकी छिन् । सन् १९९२ मा मोनिका सेलेसले १८ वर्षको उमेरमा यो उपाधि जितेकी थिइन् ।


Swadesh Maharjan | June 7th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya