Share on:

वीर गणेशमान सिंह १० के रोड रेसको उपाधी सेनाका रोकाया र धादिङकी श्रेष्ठले उचाले
June 28th, 2025

काठमाडौं : नेपाली सेनाका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले पाँचाै वीर गणेशमान सिंह १० किलाेमिटर (टेन के ) दा‌ैडकाे उपाधी उचालेका छन् । शनिबार विहान सम्पन्न प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै राेकाया र श्रेष्ठले उपाधि उचालेका हुन् । सेनाका राेकायाले ३१ मिनेट २२ सेकेन्डमा दा‌ैड पूरा गरे भने नेपाल रन यूकेकी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दाैड पूरा गरिन् । 

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिवार सम्पन्न दाैडमा पुरूषतर्फ सेनाका खडकबहादुर खड्काले (३१ मिनेट ३५ सेकेन्ड) दाेस्राे र मुकेशबहादुर पाल (३२ मिनेट १२ सेकेन्ड) ले तेस्राे स्थान हासिल गरे । केन्याका जुलियस मुरिओकीले सान्त्वना स्थान हासिल गरे । 

त्यस्तै महिलातर्फ नेपाली सेनाकी पूर्णलक्ष्मी न्याैपाने दाेस्राे (३९ मिनेट १९ सेकेन्ड), सशस्त्र प्रहरीकी आशा रावत तेस्राे (४० मिनेट २७ सेकेन्ड ) र फूलमति रानाले सान्त्वना स्थान हासिल गरिन् । 

बिहान ७ बजे एडिडास शो रुमबाट दरवारमार्गबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरवारमार्ग पुगेर टुंगिएकाे थियाे ।  ३ वटा विभागीय टोली, विभिन्न संघ संस्था, स्कुल, कलेज, केहि विदेशी खेलाडी गरि झन्डै ५ सय खेलाडीको सहभागिता थियाे । 

१० कि.मि. दौडमा महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह, मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहितले विजेता खेलाडीलाई प्रमाणपत्र र मेडल हस्तान्तरण गर्नुभएकाे थियाे ।


Swadesh Maharjan | June 28th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya