विम्बल्डन २०२५ को महिला एकलको फाइनल अविश्वसनीय रह्यो । अविश्वसीय मात्र नभएर घोर आश्चर्यजकै नतिजा रह्यो । आखिरमा कसले मात्र सोचेको हुन सक्छ र, उपाधिको भिडन्तमा विजेताको जित अन्तर ६–० र ६–० हुन्छ भनेर । तर भएको यस्तै छ ।
अल इंग्ल्यान्ड क्लबमा शनिबार राति भएको फाइनलमा इगा स्वाटिकले आफ्ना प्रतिद्वन्द्वी अमान्डा एनिसिमोभामाथि निर्मम यस्तै जित निकालेकी हुन् । उपाधि जितेपछि पोल्यान्डकी स्वाटिकको प्रतिक्रिया थियो, ‘यस्तो जित हुन्छ भनेर मैले सपनामा पनि सोचेकी थिइनं ।’
हारपछि अमेरिकी खेलाडी एनिसिमोभाले आफूलाई सम्हाल्नै सकिनन् र रुदै भनिन्, ‘मैले अलिकति भए पनि राम्रो खेल्नु पर्ने थियो ।’ हारप्रति उनको अनुहारमा प्रस्ट पछुताउ देखिन्थ्यो । ग्रान्ड स्लाम टेनिसमा साँच्चै यस्तो स्कोर विरलै मात्र पाइन्छ, अझ त्यो पनि फाइनलमा ।
सन् १९८८ मा एउटा यस्तै फाइनल भएको थियो, जति बेला स्टेफि ग्राफले फ्रेन्च ओपनको फाइनलमा नतासा जेरेभालाई ६–० र ६–९ ले हराएकी थिइन् । विम्बल्डनको आधुनिक इतिहासमा यस्तो एकपक्षीय खेल भएको भने यो नै पहिलो पल्ट हो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]