Share on:

भदौ १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग 'सिजन थ्री'
August 13th, 2025

काठमाडौं। अखिल नेपाल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्त टेबल टेनिस एकेडेमीको आयोजनामा हुने स्टयाग गोल्बल च्याम्पियन्स लिग 'सिजन थ्री' भदौ १ देखि हुने भएको छ।


काठमाडौंमा बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मिति भाद्र ०१ देखि ६ गतेसम्म "स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन थी' हुने बताएको हो।


लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता भाद्र ६ गतेसम्म चल्नेछ। ६ दिनसम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा १० टिम सहभागिता जनाउनेछन्। प्रतियोगितामा यला टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभीएम टेबल टेनिस क्लब, द ड्रागन्स टेबल टेनिस क्लब, कीर्तिपुर नगरपालिका, भर्टेक्स नेपाल टेबल टेनिस क्लब, ओल्ड हाउस रेस्टुरो, टप स्पिन टेबल टेनिस, गुड्स नेपाल, खोल्चा पुंखु खेलकुद समिति र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी छन्। प्रत्येक टिममा एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरिएको छ।


प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ। पहिलो हुने टिमले नगद ३ लाख रुपैयाँसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमले १ लाख ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा हार्ने दुवै टिमलाई ७५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।


Swadesh Maharjan | August 13th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya