
पूर्व च्याम्पियन इगा स्वाटिक युक्रेनकी मार्टा कोस्युकको हातबाट पराजित हुँदै फ्रेन्च ओपन २०२६ बाट बाहिरिएकी छिन् । आफ्नो २५ औं जन्मदिन मनाऊने क्रममा रहेकी स्वाटिक युत्रेनकी मार्टा कोस्युकको हातबाट ७–५ र ६–१ ले पराजित भइन् ।
पुरुषतर्फ ब्राजिली सनसनी जाओ फोनसेकाले कास्पर रुडलाई ७–५, ७–६, ५–७ र ६–२ ले हराएर क्वाटरफाइनलमा पुगेका छन् । यसअघि नोभाक जोकोभिचलाई पनि हराएका उनी ग्रान्ड स्लामको क्वाटरफाइनल पुगेको यो पहिलो पटक हो ।
अब उनको सामना चेक खेलाडी ज्याकब मेनसिकविरुद्ध हुनेछ । मनसिकले पनि पहिलो पटक ग्रान्ड स्लाम टेनिसको क्वाटरफाइनल पुग्न आन्द्रे रुबलेभलाई ६–३, ७–६, ४–६, २–६ र ६–३ ले हराए ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]