
नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२६ को समूह ए विजेता बन्दै आइतबार सेमिफाइनल यात्रा निश्चित गरेको छ र यसका लागि नेपालले अन्तिम लिग खेलमा श्रीलंकालाई २–० ले हराएको हो ।
नेपालको जितमा रश्मिकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटेले एक एक गोल गरे । रश्मिले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पहिलो गोल गरिन् । अनमार्क रहेकी रश्मिले पेनाल्टी एरियामा प्राप्त रेखा पौडेलको पासलाई गोलमा परिणत गरेकी हुन् ।
रेनुकाले ६० औं मिनेटमा दोस्रो गोल गरिन् र यसका लागि उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको चिप सबैलाई झुक्याएर गोलमा परिणत भएको थियो । रेनुकाले नेपालका लागि गरेको यो नै पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
नेपालको यस जितले भुटानलाई पनि सेमिफाइलमा पुर्याएको छ । नेपाल दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा रह्यो । भुटान भने तीन अंकमा दोस्रोमा रह्यो । श्रीलंका दुवै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]