Share on:

कुशलको शतकमा नेपालको कीर्तिमानी जित, चीन २२१ रनले पराजित
May 31st, 2026

काठमाडौं। कुशल भुर्तेलको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले एसियन गेम्सको छनोट खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।


पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गरेको थियो। नेपालको इनिङ्समा कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रनको आक्रामक शतकीय इनिङ्स खेले। कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रन बनाएर अविजित रहे।


३१४ रनको विशला लक्ष्य पछ्याएको चीन १९।२ ओभरमा ९२ रनमै समेटियो। उसका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए भने अन्य ब्याटरले प्रभाव जमाउन सकेनन्।


नेपालका बलरमध्ये कुशल मल्लले १।२ ओभरमा कुनै रन नदिई ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। नन्दन यादवले १ विकेट लिए भने चीनका दुई ब्याटर रनआउट भएका थिए।


यो जितसँगै नेपालले पहिलो खेलबाट दुई अंक जोड्न सफल भएको छ। नेपाल रहेको समूह ए मा मलेसिया र कतार रहेका छन्।


Swadesh Maharjan | May 31st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya