
आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । निर्धाीरत र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो ।
आर्सनलका लागि पेनाल्टी सुटआउटमा इबरेची एजी तथा ग्याब्रिएल गोल गर्न चुके र यसले अन्ततः फ्रान्सेली च्याम्पियनका लागि उपाधि दिलाएको थियो । निर्धारित समयको खेलमा आर्सनलले काइ हाभर्टेजको गोलले अग्रता लिएको थियो ।
पीएसजीका लागि ओसमन डेम्बेलेले पेनाल्टीबाट बराबरी गोल फर्काकाएका थिए । आर्सनल फाइनलमा पराजित भएको यो दोस्रो पल्ट हो । सन् २००६ को फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित रहेको थियो ।
पीएसजी भने प्रतियोगिताकै इतिहासमा रियल म्याड्रिडपछि उपाधि रक्षा गर्न सफल पहिलो टिम बनेको छ । लुइस एनरिकले प्रशिक्षकका रूपमा तेस्रो पल्ट यो प्रतियोगिता जितेका छन् र यसक्रममा सफल प्रशिक्षकको समूहमा आफ्नो नाम लेखाएका छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]