जारि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई एफसी खुमलटारले पराजि गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले शेर्पालाई २-१ गोलअन्तरले पराजित गरेको हो।
शेर्पाको लागी म्यानुयल नानाले गोल गरेपनि जितका लागी पर्याप्त हुन सकेन्।
खुमलटारको जितमा मेसुके ओलोमोउले र समिन डिनोंगले समान १-१ गोल गरे।
यो नतिजासंगै खुमलटार २२ खेलमा २४ अंकसहित लिगको पुछारमा कायमै रहेको छ । उता हिमालयन शेर्पाको २२ खेलमा २९ अंक रहेको छ ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]