Share on:

इरानको विजयी सुरुआत
May 22nd, 2026

काठमाडौं। काभा वुमन्स भलिबल च्याम्पियनसिपमा इरानले विजयी सुरुआत गरेको छ। 


शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहल मा सम्पन्न खेलमा इरानले बंगलादेशलाई सोझो सेटमा ३–० ले पराजित गरेको हो।


एकतर्फी बनेको खेलमा इरानले पहिलो सेट २५–६ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गरेको थियो। दोस्रो सेटमा पनि इरानले दबाब कायम राख्दै २५–९ को जित निकाल्यो। तेस्रो सेट २५–१० ले जित्दै इरानले शानदार जित दर्ता गर्यो।


इरानले खेलभर आक्रामक प्रदर्शन गर्दै बंगलादेशलाई कुनै पनि सेटमा खेलमा फर्किन अवसर दिएन। प्रतियोगितामा उपाधि दाबेदार टोलीका रूपमा रहेको इरानले पहिलो खेलमै सशक्त प्रदर्शन गरेको हो।


Swadesh Maharjan | May 22nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya