पोखरा। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्यो ।
पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो ।
काठमाडौंले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्यो । काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।
आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]