
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत पाँचौं स्थानका लागि भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा पाँचौं स्थान हासिल गरेको छ।
खेलको पहिलो सेट १५–२५ ले गुमाएको किर्गिस्तानले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्यो। किर्गिस्तानले दोस्रो र तेस्रो सेट समान २५–२३ ले जित्दा चौथो तथा अन्तिम सेटमा २५–१५ को सहज जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।
पहिलो सेटमा दबाबमा देखिएको किर्गिस्तानले त्यसपछि सशक्त प्रदर्शन गर्दै आक्रमण, ब्लक तथा डिफेन्समा सुधार गरेको थियो। लगातार तीन सेट जितेसँगै किर्गिस्तानले प्रतियोगिताको अन्त्य सुखद बनाएको छ।
हारसँगै श्रीलंका भने छैटाैं स्थनामा रहेकाे प्रतियाेगिता समापन गरेकाे छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]