Share on:

नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा
November 8th, 2025

काठमाडौं। नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिप २०२५ को फाइनलमा प्रवेश गरेको छ।


श्रीलंकाको कोलम्बोमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो।


नेपालले पहिलो सेटमा २५–११, दोस्रो सेटमा २५–३, तेस्रो सेटमा २५–५ ले विजयी हुँदै फाइनल यात्रा तय गरेको हो। 


नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने माल्दिभ्स पूछारमा रहेर नेपालसँगको भेट पक्का गरेको हो।


नेपालले आइतबार फाइनलमा किर्गिस्तानसँग खेल्नेछ। उसले श्रीलंकालाई हराउँदै फाइनमा प्रवेश गरिसकेको छ।


Swadesh Maharjan | November 8th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya