
काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संस्करणमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फको दोस्रो खेलमा डायमण्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
डायमण्डले २८–२६, २६–२४ र २५–१४ को जित निकाल्दै प्रतियोगितामा दोस्रो लगातार सफलता हात पारेको हो।
यसअघि आफ्नो पहिलो खेलमा डायमण्डले सुदूरपश्चिम प्रदेशलाई पनि ३–० को सोझो सेटमा हराएको थियो।
यता, एभरेस्ट पहिलो खेलमा पुलिससँग ३–० को सोझो सेटमा हार्दा दोस्रो खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गरेको थियो। एभेरस्टको यो दोस्रो हार हो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]