Share on:

पुनरागमन जित निकाल्दै पुलिस तेस्रो
January 3rd, 2026

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तेस्रो भएको छ। 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सम्पन्न खेलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा हराउँदै तेस्रो स्थान हात पारेको हो। 


सरुआती दुई सेटमा पराजय ब्यहोरेको पुलिसले त्यसपछि सबै सेटमा पुनरागमन गर्दै जित हात पारेको हो। 


पहिलो सेट २५–२७ दोस्रो सेट २३–२५ ले घुमाएको पुलिसले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले आफ्नो पक्षमा पार्यो। चौथो सेटमा २५–२२ तथा पाँचौ सेटमा १५–१० ले जित निकाल्दै तेस्रो स्थान हात पारेको हो।


रुकुम पश्चिमविरुद्ध शानदार प्रदर्शन गरेका पुलिसका रविन नगरकोटी प्लेअर अफ द म्याच


Swadesh Maharjan | January 3rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya