
काठमाडौँ। न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा न्यु डायमण्डले साविक विजेता नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।
डायमण्डले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै फाइनलमा दबाबरहित प्रदर्शन गर्यो।
उपाधिसँगै न्यु डायमण्डले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस क्लबले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]