Share on:

इजिप्ट र नाइजेरिया पुग्यो अन्तिम आठमा
January 6th, 2026

उपाधिका प्रवल दावेदार रहेका इजिप्ट र नाइजेरियाले सोमबार अफ्रिकी कप अफ नेसन्सको अन्तिम आठको यात्रा निश्चित गरेको छ । लिभरपुलका मोहमद सलाहले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको मदतले इजिप्टले बेनिनलाई ३–१ ले हरायो ।


मोरक्कोमा भइरहेको प्रतियोगितामा इजिप्टका लागि अतिरिक्त समयमा पहिलो गोल गर्दै यासिर इब्राहिमले अग्रता दिलाएका थिए । अर्को खेलमा भिक्टर ओसमनको दुई गोलको मदतले नाइजेरियाले मोजाम्बिकलाई सजिलै ४–० हरायो ।



इजिप्ट प्रतियोगिताकै इतिहासको सबैभन्दा सफल टिम हो र उसले कीर्तिमान सात पल्ट उपाधि जितेको छ । तर सन् २०१० यता इजिप्ट च्याम्पियन भएको छैन्, त्यसैले यसपल्ट उपाधि चुम्ने प्रयासमा हुनेछ ।


इजिप्ट र नाइजेरियासँगै माली, सेनेल, क्यामरुन र आयोजक मोरक्को पनि क्वाटरफाइनल पुगिसकेका छन् ।


Swadesh Maharjan | January 6th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya